त्यो भुटानी शरणार्थी काण्ड, यो भिजिट भिसा प्रकरण

आइतबार, १२ जेठ, २०८२
डिजिटल संस्करण
त्यो भुटानी शरणार्थी काण्ड, यो भिजिट भिसा प्रकरण

तत्कालीन गृहमन्त्री बालकृष्ण खाण

दुई वर्षअघि प्रहरीले अनुसन्धान गरेको भुटानी शरणार्थी काण्ड र अहिलेको भिजिट भिसामा मानव तस्करी प्रकरणका केही समानता देखिएका छन् । दुवै घटना संगठित र संस्थागत प्रकृतिका छन् भने गृह मन्त्रालयको नेतृत्व नै मुछिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका मानव तस्करी गर्ने प्रयासमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण तथा सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । तत्कालीन गृहमन्त्री रामबहादुर थापाको सचिवालय नै गिरोहसँग मिलेको थियो ।

त्यतिवेला सिंगो गृह मन्त्रालयलाई बिचौलियाले हातमा लिएर अनुकूल निर्णय गराएका थिए । अहिले भिजिट भिसा प्रकरणमा पनि अध्यागमन नेतृत्व र गृहमन्त्रीको सचिवालयसँग मानव तस्करीमा संलग्न समूहको विशेष हिमचिम देखिएको छ ।

कतिपय कर्मचारी त भिजिट भिसाको एजेन्टकै सिफारिसमा अध्यागमन पुगेको सूचना अख्तियारको छ । यस्तो सेटिङमा दिनमै ५० लाखसम्म लेनदेन हुने गरेको र संस्थागत रूपमै भागबन्डा मिल्ने गरेका सूचनाका आधारमा अख्तियारले कर्मचारी र बिचौलियाको मोबाइल जफत गरेर अनुसन्धान गरिरहेको छ ।

सुझावित समाचार