ज्येष्ठ नागरिकका लागि निःशुल्क प्राकृतिक स्वास्थ्य परीक्षण शिविर

बुधबार, २४ बैशाख, २०८२
डिजिटल संस्करण

आर्थिक अभावमा उपचार गराउन नपाएका ज्येष्ठ नागरिकहरूका लागि सिराहाको धनगढीमाई नगरपालिका– २, भवानीपुर गाउँमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

स्थानीय ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचार, पोषणसहित हेरचाहका लागि करिब एक वर्षदेखि सक्रिय स्थानीय ‘बुढ्यौली बचाऊ अभियान नेपाल’को आयोजनामा मंगलबारसम्म दुईदिने निःशुल्क प्राकृतिक स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको हो । शिविरमा ८२ जना महिलासहित १३१ जनाको प्राकृतिक स्वास्थ्य परीक्षण गरिएको अभियानका अध्यक्ष दीपेशकुमार चौधरीले जानकारी दिए । 

शिविरमा धनगढीमाई– २, भवानीपुर क्षेत्रका ज्येष्ठ नागरिकसहित छिमेकी गाउँबाट आफन्तको सहयोगमा आएकाहरूको पनि स्वास्थ्य परीक्षण गरिएको उनले बताए। शिविरमा नेचुरोथेरापिस्ट डा. आयुष विश्वकर्माले ज्येष्ठ नागरिकहरूमा देखिने बाथ, दम, सुगर, मधुमेह, मिर्गौला, रक्तचाप, पेट, दिसा, पिसाबसम्बन्धी समस्याको प्राकृतिक परीक्षण गरेका थिए । 

सुझावित समाचार