मेयर शाह र नेपालका लागि जापानका राजदूत तोरुबिच शिष्टाचार भेट

बिहिबार, १८ बैशाख, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र नेपालका लागि जापानका राजदूत मायादा तोरुबिच शिष्टाचार भेट भएको छ।

बुधबार प्रमुख शाहको कार्यकक्षमा भएको भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको बताइएको छ।

सो क्रममा प्रमुख शाहले काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गर्दै सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराए।

राजदूत तोरुले काठमाडौं र जापानका सहरहरूका बिचमा सहरी आचरणसम्बन्धी आपसी ज्ञान र सिप आदानप्रदानको प्रशस्त सम्भावना रहेको उल्लेख गरे।
 

सुझावित समाचार