शिक्षकलाई विद्यालय फर्काउन सांसदको माग

मंगलबार, १६ बैशाख, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभाका सांसदहरूले आन्दोलनमा रहेका शिक्षकलाई विद्यालय फर्काउन सरकारसँग आग्रह गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको विशेष र शून्य समयमा बोल्ने सांसदहरूले आन्दाेलनरत शिक्षकका माग पूरा गरेर सरकारले शिक्षकलाई विद्यालयमा नियमित पठनपाठन गराउने वातावरण बनाउन आग्रह गरे।

सांसद हितराज पाण्डे,  ज्ञानेन्द्र शाही, भगवती चौधरी, भानुभक्त जोशी, मनबहादुर गुरुङ, महेन्द्रबहादुर शाहीलगायतले शिक्षक आन्दोलनको समाधान खोज्नुपर्नेमा जोड दिए । त्यस्तै, एमालेका सांसद महेश बर्तौलाले सरकार र शिक्षकबिचको वार्ता सकारात्मक हुँदै गएको र सम्भवतः मंगलबार बेलुकासम्मका वार्ता भएर शिक्षकलाई विद्यालय फर्काउन सकिने सम्भावना रहेको उल्लेख गरे । 

See More On

सुझावित समाचार