माओवादीले भन्यो– ओली सरकार असफल, सत्तामा रहने नैतिक अधिकार छैन

बुधबार, १० बैशाख, २०८२
डिजिटल संस्करण
माओवादीले भन्यो– ओली सरकार असफल, सत्तामा रहने नैतिक अधिकार छैन

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेकपा (माओवादी केन्द्र)ले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको बताएको छ। आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको भन्दै माओवादीले यस्तो टिप्पणी गरेको हो।

वर्तमान परिस्थितिबारे पार्टीको धारणा सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले प्राविधिक रूपमा अस्तित्वमा भए पनि राजनीतिक रूपमा वैधानिकता गुमाएको दाबी गरे।

वर्तमान सत्तागठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत बनेको आरोप लगाउँदै उनले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको बताए।

‘वर्तमान सरकार प्राविधिक रूपमा त अस्तित्वमा छ, राजनीतिक रूपमा आफ्नो वैधानिकता गुमाइसकेको छ। यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन,’ माओवादीले भनेको छ।

सुझावित समाचार