उदयपुरमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज शनिबार त्रियुगा नगरपालिका–१४, पुङमाङ बस्ने वर्ष ४८ का रामकुमार थापामगरको रुखबाट लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय उदयुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार घरनजिकै चिउरीको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
उनले भने, ‘स्थानीयले प्रहरीलाई खबर गरेपछि तत्काल प्रहरी पुगी कानुनी प्रक्रिया पूरा गरेर शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको र घटनाको अनुसन्धान जारी रहेको छ।’