धौलागिरि गाउँपालिकामा तीनवटा लामा झोलुंगे पुल निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका– ३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएकोे हो ।
धौलागिरि गाउँपालिका– ३ मुना र दर जोड्ने ३५५ मिटर र वडा नं. ६ को खाउरीवाङ–धाइरिबोट जोड्ने ३६५ मिटर लामो झोलुंगे पुल निर्माणका लागि रामकृष्ण कन्स्ट्रक्सनसँग रु. चार करोड ७० लाख ३६ हजार २५० मा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । पुलको भौतिक प्रगति ५० प्रतिशत भएको छ ।
आयोजनाका इन्जिनियर मनीष अधिकारीले धौलागिरि गाउँपालिका– ४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदीमाथि २५० मिटर लामो झोलुंगे पुल निर्माणका लागि चालू आर्थिक वर्षमा रु. ६० लाख बजेट विनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिए।