काठमाडौं/ एक्स्ट्रिम इनर्जी ड्रिंकले राष्ट्रिय क्रिकेट टोलीका नौजना खेलाडीलाई ‘टिम एक्स्ट्रिम’का सदस्यका रूपमा आबद्ध गरेको छ ।
काठमाडौंस्थित एभरेस्ट होटेलमा आयोजित कार्यक्रममा एक्स्ट्रिम इनर्जी ड्रिंक र राष्ट्रिय क्रिकेट टोलीका नौ खेलाडीबिच औपचारिक सम्झौता सम्पन्न भएको हो ।
सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्स्ट्रिम’का सदस्यका रूपमा आबद्ध भएका छन् ।
आबद्ध खेलाडीले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्स्ट्रिम इनर्जी ड्रिंकको लोगो रहनेछ । कार्यक्रममा एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपिएल)मा मुख्य प्रायोजकका रूपमा आबद्ध आफ्ना सात टोलीलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यानसमेत सार्वजनिक गरेको छ ।