काठमाडौं। स्थानीय बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेर दुई लाख ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार नाै सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला ४० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला चार हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यसको मूल्य प्रतितोला चार हजार ३९० रुपैयाँ थियो।