सीमित म्यानपावरबाट नेपाली श्रमिक लिँदै मलेसिया

बिहिबार, २२ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ सीमित म्यानपावर कम्पनीबाट मात्र नेपाली श्रमिक आपूर्ति गर्ने नीतिलाई मलेसियाले निरन्तरता दिएको छ । नयाँ सूचीकृत भएका २५ म्यानपावर र ती मातहत रहेका थप दुई सय ५० म्यानपावरबाट मात्रै मलेसियाले आगामी १९ कात्तिकबाट नेपाली श्रमिक लिने जानकारी गराएको छ ।

मलेसियाका रोजगारदाताहरूलाई नेपालसहित आप्रवासी कामदार आपूर्ति गर्दै आएको एफडब्लुसिएमएसले जारी गरेको सूचनाअनुसार नयाँ प्रणालीबाट नेपाली श्रमिकहरू आपूर्ति गर्ने व्यवस्थासमेत मिलाइएको छ । मेडिकल जाँच गर्ने संस्थाहरूसमेत नयाँ ढंगले सूचीकृत हुनुपर्ने गरी मापदण्ड तोकिएको छ । अहिले मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न ३६ संस्थालाई मात्र इजाजत दिइएको छ ।

आगामी २९ असोजभित्र सबै सूचीकृत भएका म्यानपावरलाई बायोमेट्रिक प्रयोजनका लागि दर्ता हुनसमेत समयसीमा तोकिएको छ । मलेसिया प्रमुख श्रम गन्तव्य भएकाले सीमित म्यानपावरबाट मात्रै कामदार आपूतिर गर्नु जायज नभएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले बताए । 

सुझावित समाचार