इजरायली नाकाबन्दीका कारण युएन मिसनलाई गाजा प्रवेशमा रोक

शुक्रबार, २८ चैत, २०८१
डिजिटल संस्करण

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस एधानोम गेब्रेयससले गाजामा इजरायली नाकाबन्दीका कारण राष्ट्रसंघका ७५ प्रतिशत मिसनलाई गाजा प्रवेश गर्नबाट रोकिएको बताएका छन्।

जेनेभामा पत्रकार सम्मेलनमा बोल्दै डा. टेड्रोसले मार्च २ देखि गाजामा इजरायलले लगाएको पूर्ण नाकाबन्दीले खाद्यान्न तथा चिकित्सालगायतका आधारभूत वस्तुको आपूर्तिसमेत रोकिएको जानकारी दिए।

गत हप्तामा मात्रै संयुक्त राष्ट्रसंघका ७५ प्रतिशत मिसनहरू रोकिँदा भोक, कुपोषण तथा आश्रय र पर्याप्त स्वास्थ्य सेवाको पहुँच अभावले रोग र मृत्युको जोखिम बढेको चेतावनी उनले दिएका छन्।

टेड्रोसले गाजाको स्वास्थ्य प्रणालीमा इजरायली आक्रमण जारी रहेको कुरामा जोड दिँदै सन् २०२३ अक्टोबर ७ देखि चार सयभन्दा बढी मानवतावादीहरूको मृत्यु भएको बताए। बढ्दो जोखिम र घट्दो आपूर्तिको बाबजुद गाजामा सहायता, स्वास्थ्य सेवा र निर्वाध मानवीय पहुँचका लागि तत्काल नाकाबन्दी हटाउन उनले आह्वान गरे।

सुझावित समाचार