फोर नेसन्स कपमा सहभागी हुँदै बक्सिङ टोली

मंगलबार, २५ चैत, २०८१
डिजिटल संस्करण

नेपाली बक्सिङ टोलीले भुटानको थिम्पुमा हुने फोर नेसन्स कप बक्सिङ प्रतियोगितामा सहभागी जनाउने भएको छ । थिम्पुमा ११ देखि १३ अप्रिलसम्म हुने प्रतियोगिताको पुरुष ४८ केजीमुनि लालप्रसाद उप्रेती तथा ५१ केजीमुनि चन्द्रबहादुर थापाले प्रतिस्पर्धा गर्नेछन् ।

महिला ४८ केजीमुनि रमिशा श्रेष्ठ, ५० केजीमुनि अस्मिता दुवाल र ५४ केजीमुनि वर्षा श्रेष्ठले खेल्नेछन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सोमबारै शुभकामनासहित बिदाइ गरेका छन् । 

नेपाली टोलीको अफिसियलमा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवाले, प्रशिक्षकमा बक्सिङका मुख्य प्रशिक्षक प्रवीण तुलाधर र दीपक महर्जन रहेका छन् । आइटिओमा पुष्करराज पन्त, टेक्निकलमा असिम न्यौपाने तथा निर्णायकमा धनकुमार मैनाली, सन्तोष आले मगर र अनुराधा लामा रहेका छन् ।

यसैबिच, सोही प्रतियोगितामा चुच्चेपाटीस्थित बक्समान्डु बक्सिङ जिमले पनि तीन खेलाडी सहभागी हुने भएका छन् । बक्सिङका महासचिव मानबहादुर भण्डारीले महासंघकै स्वीकृतिमा बक्समान्डुले खेलाडी सहभागी गराउन लागेको जानकारी दिए । पुरुष ५१ केजीमुनि लक्ष्मण राई, ५७ केजीमुनि प्रबल उप्रेती र ६० केजीमुनि छिरिङ वाङ्दी शेर्पा सहभागी हुनेछन् । 
 

See More On

सुझावित समाचार