दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी

आइतबार, १७ चैत, २०८१
डिजिटल संस्करण
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी

फाइल तस्बिर

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। अधिकारकर्मी टीकाराम भुसालले प्रसाईंविरुद्ध ब्युरोमा उजुरी दिएका हुन्।

युएसएडबाट वित्तीय सहयोग लिएर नेपालमा समलिंगी विवाह लागू गरिएको भन्दै भ्रामक अभिव्यक्ति दिएकाले उजुरी दर्ता गरेको भुसालले जानकारी दिए। प्रसाईंको अभिव्यक्तिले नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमाथि घृणा फैलाउने, सामाजिक सद्भाव भड्काउने तथा असत्य सूचना प्रवाह गरेको उजुरीमा उल्लेख छ।

‘यस किसिमको गलत सूचना सार्वजनिक रूपमा प्रसारण गर्नु पूर्ण रूपमा कानुनविपरीत र सम्मानित सर्वोच्च अदालतले २०८० असार १२ गते यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरूको विवाह दर्ता गरिदिनू भनी सरकारको नाममा दिएको आदेशलाई लिएर अदालतको अपमान–अवहेलनासमेत हो,’ उजुरीमा भनिएको छ।

सुझावित समाचार