जनताले सक्रिय राजतन्त्र खोजेका छैनन्, संवैधानिक राजसंस्था चाहिन्छ : सुवेदी

बिहिबार, १३ चैत, २०८१
डिजिटल संस्करण
जनताले सक्रिय राजतन्त्र खोजेका छैनन्, संवैधानिक राजसंस्था चाहिन्छ : सुवेदी

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले नेपाली जनताले अभिभावकीय भूमिकाको संवैधानिक राजसंस्था खोजेको बताएका छन्।

राजसंस्थावादीहरू सक्रिय राजतन्त्रका निम्ति प्रयासरत छन् भन्ने गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै सुवेदीले त्यसको प्रतिवाद गरेका हुन्।

बिहीबार पत्रकार सम्मेलनमार्फत प्रेस विज्ञप्ति जारी गर्दै सुवेदीले भनेका छन्, ‘हिजो गणतन्त्र खोजेका सार्वभौमसत्ताका मालिक नेपाली जनताले आज पुनः राजसंस्था खोजेका छन्। जनमत स्थिर र अपरिवर्तनीय स्वरूप र प्रकृतिको हुँदैन भन्ने ज्वलन्त उदाहरण हो नेपालको वर्तमान जनमत। तर, यहाँ यो पनि स्पष्ट हुनुपर्छ कि नेपाली जनताको चाहना ‘राजतन्त्र’ अथवा राजाको शासन होइन। राजनीतिभन्दा माथिको अभिभावकीय भूमिकाको ‘संवैधानिक राजसंस्था’ मात्र हो।’

देश र समाजको कुनै पनि अंग स्वस्थ नरहेको र रोगको पहिचान गरी निदान गर्न ढिला भइसकेको दाबी गर्दै सुवेदीले यसमा राजनीतिक प्रणाली दोषी रहेको दाबी गरेका छन्।

सुझावित समाचार