सांसदहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

बुधबार, १३ चैत, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ। सांसदहरूको निरन्तर अवरोधपछि सभामुख देवराज घिमिरेले बिहीबार बिहान ११ बजे बस्ने गरी अर्को बैठक बोलाएका हुन्।

यसअघि आजै बसेको बैठकमा सांसदहरूले स्वार्थ समूहको हितमा लागिपरेर सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको भन्दै विरोध जनाएका थिए। आधा घण्टाका लागि स्थगित उक्त बैठक दिउँसो ३ बजेलाई बोलाइएको थियो।

केही ढिला गरी सुरु भएको दोस्रो बैठकमा पनि सांसदहरूले आफ्नो सिटबाट उठेर विरोध जनाएपछि बैठक भोलिसम्मलाई स्थगित भएको हो।

सुझावित समाचार