लोडसेडिङ भारतले अन्त्य गरेको भन्ने ऊर्जामन्त्रीकाे अभिव्यक्ति खेदजनक : पौडेल

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण
लोडसेडिङ भारतले अन्त्य गरेको भन्ने ऊर्जामन्त्रीकाे अभिव्यक्ति खेदजनक : पौडेल

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपालको लोडसेडिङ भारतले अन्त्य गरिदिएको भन्ने ऊर्जामन्त्री दीपक खड्काको अभिव्यक्तिमा खेद जनाएका छन्। संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै पौडेलले भने, ‘भारतले लोडसेडिङ अन्त्य गरेको हो, कुलमानले होइन भन्नु निकै खेदजनक छ।’

नेपालकै परियोजना सम्पन्न गरेर, चुहावट रोकेर र कार्यशैली फेरेर कुलमानले लोडसेडिङ हटाएको उल्लेख गर्दै उनले थपे, ‘कुनै वेला नेपालमा अन्धकार हुँदा ट्रान्समिसन लाइन जोडेर केही प्रतिशत विद्युत् आदान–प्रदान गरेको कुरा साँचो हो। तर, नेपालको लोडसेडिङ अन्त्य गरेको छिमेकी मित्रराष्ट्रले होइन। नेपालको परियोजनाले, भएका चुहावटहरू रोकेर, तरिकाहरू फेरेर भएको हो।’

डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् बक्यौताकै कारण कुलमान घिसिङलाई हटाएको बताउँदै पौडेलले सरकार बिचौलियाको पक्षमा छ भन्ने यही प्रकरणले पुष्टि गरेको बताए।

‘सरकार जनताको पक्षमा छ कि बिचौलियाको पक्षमा भन्ने त यही कुराले पुष्टि गरेको छ नि। बिचौलियाको पक्षमा हिँडिरहेको छ सरकार,’ उनले भने। 

सुझावित समाचार