होली खेलेर शिक्षकलाई तलब

आइतबार, ९ चैत, २०८१
डिजिटल संस्करण

कञ्चनपुरको एक सामुदायिक विद्यालयले होली खेलेर संकलन भएको रकमबाट शिक्षकलाई तलब दिएको छ। भीमदत्त नगरपालिका–१४, वनकट्टीको शान्ति आधारभूत विद्यालयले होली खेलेर संकलन भएको रकम शिक्षकलाई तलब दिएको हो।

शान्ति आधारभूत विद्यालयलका प्रधानाध्यापक उत्तम विष्टले विद्यालयबाट खेलिएको होलीबाट संकलन भएको एक लाख आठ हजार ३७१ रुपैयाँ शिक्षकद्वय सागर कुँवर र राधिका जोशीलाई दिएको बताए। साबिक निमावि तह निजी स्रोतमा कार्यरत शिक्षकद्वय कुँवर र जोशीलाई होलीबाट संकलन भएको रकम दामासाही रूपमा वितरण गरिएको बताए। 
विद्यालयमा स्थायी दरबन्दी नदिएपछि निजीबाट पदपूर्ति गरेर विद्यालय सञ्चालन गरिएको बताउँदै प्रअ विष्टले विद्यालयको आन्तरिक स्रोत नहुँदा शिक्षक, विद्यार्थी, अभिभावक, समितिका पदाधिकारीले खोली खेलेर स्रोत जुटाएको बताए। गत वर्षमा पनि विद्यालयले यस्तै स्रोत जुटाएर संकलन भएको रकम शिक्षकलाई दिएको थियो।

स्थानीय सरकारी तहबाटै निजी शिक्षकलाई तलब नदिएपछि होली खेलेर संकलन भएको रकम वितरण भएपछि शिक्षक हर्षित भएका छन्। सामुदायिक विद्यालयमा यसरी शिक्षक दरबन्दी अभावदेखि पदपूर्ति नहुँदा विद्यालय सञ्चालनमा समस्या भएको छ।
 

सुझावित समाचार