रास्वपाले सचिवालय बैठक बोलायो

आइतबार, ३ चैत, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको बैठक बोलाएको छ । बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय वनस्थलीमा बोलाइएको छ । बैठकमा अघिल्ला बैठकहरूको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिबारे छलफल हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीको आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदन, केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्ताव, पार्टी नियमित गतिविधिसहितका विषयमा पनि छलफल हुने तय भएको छ ।

See More On

सुझावित समाचार