आयोजक काँकरभिट्टा मेचीनगर गोल्डकपकाे फाइनलमा

बुधबार, २८ फागुन, २०८१
डिजिटल संस्करण

आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

बुधबार मेचीनगरस्थित काँकरभिट्टाको खेल मैदानमा आयोजकले धरान एफसीलाई सडेनडेथमा ५–४ ले पराजित गर्यो। निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको हो।

पेनाल्टीमा धरानको लागि मिलन राई, सविन राई, प्रज्वल थापा, अजय विष्टले गोल गरेका हुन् ।  पाँचौ पेनाल्टी लिएर आएका सुरज जिमी र सेडन डेथमा रोमन लिम्बू भने गोल गर्न चुकेका थिए । रोमनको प्रहार काकरभिट्टाका गोलकिपर विश्वास चौधरीले रोकेका थिए । काँकरभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू, विवेक गुरुङ र फ्याङकलिन टलाले गोल गरे । हेमन्त लिम्बुको प्रहार भने पोलमा लागेको थियो । 

यसअघि खेलको ३४औँ मिनेटमा सुरज रसाइलीको गोलमार्फत धरानले अग्रता लिएको थियो। उनले कप्तान मिलन राईको पासलाई सदुपयोग गरेका थिए। हेमन्त लिम्बूले ६९औँ मिनेटमा काँकरभिट्टालाई बराबरीमा ल्याए। उनले विवेक गुरुङको कर्नरलाई हेडमार्फत जाली चुमाएका थिए।

अब काँकरभिट्टाले उपधिका लागि बिहीबार हुने चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फाइनल विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।

सुझावित समाचार