नेपाल प्रहरीमा सुरु हुन लागेको लिडरसिप एन्ड स्टाफ कलेज रोक्न माग गर्दै सर्वाेच्च अदालतमा दायर भएको रिटमा ४ चैतमा दुवैपक्षलाई छलफलमा बोलाउने आदेश भएको छ। न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले मंगलबार कारण देखाउन आदेश गर्दै ४ गतेका लागि पेसी तोकेको हो।
नेपाल प्रहरीका २० डिएसपीले स्टाफ कलेजविरुद्ध रिट दर्ता गराएका हुन्। प्रहरीका ऐन–नियमावलीमा यससम्बन्धी प्रावधान नभएकाले उनीहरूले रोक्न माग गरेका हुन्।
प्रहरीमा वृत्तिविकास प्रणाली सुधारमा स्टाफ कलेज कोशेढुंगा हुने उच्च प्रहरी अधिकारीले बताउँदै आएका छन्। तर, केही प्रहरी अधिकारी भने सो कोर्ससँग असन्तुष्ट छन्। स्टाफ कलेज नगर्नेलाई एसएसपीभन्दा माथिल्लो पदमा बढुवा नगर्ने प्रावधान संसदमा दर्ता गरिएको प्रहरी विधेयकमा उल्लेख छ।
आगामी ७ चैतदेखि स्टाफ कलेजको प्रवेश परीक्षा सुरु हुँदै छ।