त्रिभुवन विमानस्थलमा सुरक्षा कडा, टिकट भएकालाई प्रवेश, आफन्त र अन्य व्यक्तिलाई प्रवेश निषेध (तस्बिरहरू)

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण
त्रिभुवन विमानस्थलमा सुरक्षा कडा, टिकट भएकालाई प्रवेश, आफन्त र अन्य व्यक्तिलाई प्रवेश निषेध (तस्बिरहरू)

तस्बिर : संजित परियार/नयाँ पत्रिका

पोखराबाट काठमाडौं फर्किने तयारीमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने तयारी भएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ ।

पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज अपराह्न काठमाडौं आउन लागेका हुन् । यस अवसरमा राजावादी दलहरूले राजाको पक्षमा शक्ति प्रदर्शन गर्न लागेका छन्  । विमानस्थलमा हवाई टिकट भएका यात्रु र स्टाफबाहेक अरूलाई एयरपोर्ट भित्र  छिर्ने निषेध गरिएको छ । 

सुझावित समाचार