बागमती प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघको तदर्थ समिति गठन

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघको भेलाले नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ। बागमती प्रदेश खेलकुद परिषद्को पछिल्लो सूचनाअनुसार संघले दोस्रोपटक भेला गरी विकास लामाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो।

संघको उपाध्यक्षमा विक्रम रेग्मी र नरेन भासिमा, सचिव श्रवन बर्तौला, कोषाध्यक्ष सुजित बोडे तथा सदस्यहरूमा सुनित देउला, दयाराम अधिकारी, सुशान कार्की, माया छन्त्याल र ईश्वर सिंह छ्न्।

भेलाले स्केट खेलको इतिहास, वर्तमान र भविष्यसहित छ्लफल गरेर यो खेलको विकास, प्रचारप्रसार र प्रवर्द्धन गर्दै मर्यादित बनाउने प्रतिबद्धतासमेत गरेको छ।

सुझावित समाचार