गृह मन्त्रालयले ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी(सिडिओ) सरुवा गरेको छ। मन्त्रालयले बिहीबार रिक्त रहेका जिल्लामा मन्त्रालयका सहसचिवलाई सिडिओमा खटाएको हो।
बाँकेमा सहसचिव धर्मराज जोशीलाई खटाइएको छ। त्यस्तै, रौतहटमा विनोदकुमार खड्का, संखुवासभामा दिव्यराज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुंगामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरेलाई खटाइएको छ। नुवाकोटबाहेक अन्य जिल्लामा सिडिओ पद रिक्त थियो।
त्यस्तै, नुवाकोटमा कार्यरत रामकृष्ण अधिकारीको मन्त्रालयमा सरुवा भएको छ।
गृह मन्त्रालयले अन्य जिल्लाहरूमा पनि सिडिओको सरुवा गर्ने तयारी गरेको छ।
