अमेरिकाबाट निष्कासित थप एक नेपाली काठमाडौं आइपुगे

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण
अमेरिकाबाट निष्कासित थप एक नेपाली काठमाडौं आइपुगे

बुधबार नेपाली लिएर आएको चार्टर्ड अमेरिकी विमान

अमेरिकाबाट निष्कासित थप एक नेपाली बुधबार नेपाल आइपुगेका छन्। कतार एयरको नियमित उडानबाट ती व्यक्ति बुधबार दिउँसो नेपाल आइपुगेका छन्। 

बुधबार बिहान चार्टर्ड विमानमा अमेरिकाले ८ नेपालीलाई ल्याएर छाडेको थियो। बुधबार बेलुका नै थप एक निष्कासित नेपाली नेपाल आएको स्रोत बताउँछ। 
‘बिहान चार्टर्ड विमानमा ८ जना आएका थिए, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले भने, ‘नियमित उडानबाट थप एक आएका छन्।’ 

गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेकालाई त्यहाँको सुरक्षा निकायको पक्राउ गरी निष्कासन गरेको हो। 

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि गैरकानुनी रूपमा बस्नेविरुद्धको कारबाहीलाई तीव्रता दिएका छन्। अध्यागमन प्रमुख भट्टराईका अनुसार २० जनवरीयता ३६ जना नेपाली अमेरिकाबाट निष्कासनमा परेका छन्। 

सुझावित समाचार