प्रहरीले सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ। अवैध रूपमा वन्यजन्तु सालकको खपटा बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले बाजाजुबाट खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका– २ का २९ वर्षीय उमेश तामाङ र सिन्धुलीको तिनपाटन गाउँपालिका– ६ का ३० वर्षीय मोहन पुलामीमगरलाई पक्राउ गरेको हो।
तामाङले बोकेको झोलाभित्र सात सय ७० ग्राम सालकको खपटा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।