प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो।
बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा समेत छलफल हुने सम्भावना छ। ऊर्जामन्त्री दीपक खड्काले एक साताअघि नै उनलाई हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए।
ठुला कम्पनीको विद्युत् बक्यौताका विषयलाई लिएर सरकार र घिसिङबिच असमझदारी छ।