आगलागीमा घाइते भएका कमलपोखरीस्थित सानदार म:म पसलका दुई कामदारको मृत्यु भएको छ। उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार राईको सोमबार र घलेको मंगलबार मृत्यु भएको हो। गत बिहीबार बिहान ग्यास लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए। जसमध्ये सातजना गम्भीर घाइते भएका थिए।