‘नो केबलकार’ समूह र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन भएको छ। नो केबलकार समूहका खगेन्द्र माखिमले वार्ता निष्कर्षविहीन भएको जानकारी दिए।
वार्तामा सरकारी टोलीले पोल कता राख्ने तथा केबलकारको संरचना कसरी बनाउने भन्ने विषय उठाएपछि वार्ता निष्कर्षमा नपुगेको उनले बताए। आफूहरूको माग केबलकार खारेजी मात्रै रहेको नो केबलकार समूहले स्पष्ट पारेको छ।
सरकारी वार्ता टोलीले खारेजीको विषयमा छलफलका लागि आफूहरूसँग नभएर माथिल्लो निकायमा जानुपर्ने बताएपछि बिनानिष्कर्ष वार्ता टुंगिएको माखिमले बताए।
उता सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद महराईले वार्ताको विषयमा केहीबेरमा विज्ञप्तिमार्फत औपचारिक जानकारी दिइने बताए।