शुक्लाफाँटाको मध्यवर्ती सामुदायिक वनमा मृत बाघ फेला

आइतबार, २० माघ, २०८१
डिजिटल संस्करण

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको एक मध्यवर्ती सामुदायिक वनभित्र मृत अवस्थामा बाघ फेला परेको छ । 
आइतबार दिउँसो निकुञ्जको दक्षिणी क्षेत्र किसान मध्यवर्ती सामुदायिक वनभित्र जलेको अवस्थामा मृत बाघ फेला परेको हो ।

निकुञ्जको बागेश्वरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद बडूले जंगलमा मृत भेटिएको बाघ जलेको अवस्थामा रहेको बताए । उनका अनुसार उक्त पाटेबाघ खरियोले जलेको अवस्थामा भेटिएपछि निकुञ्ज प्रशासनले लगेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनले जलेको अवस्थामा भेटिएको बाघ कसरी जल्यो, मृत्यु भएको कारणबारे अनुसन्धान थालिने जनाएको छ । 
 

सुझावित समाचार