आगामी भदौमा बिधान सम्मेलन गर्ने एमालेको निर्णय

मंगलबार, ८ माघ, २०८१
डिजिटल संस्करण

२०८२ को भदौमा नेकपा(एमाले)ले बिधान सम्मेलन गर्ने भएको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो। 

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौको २०, २१ र २२ मा ललितपुरको गोदावरीमा विधान सम्मेलन गर्ने निर्णय सचिवालय बैठकले गरेको छ। २०७८ को असोजमा सोही स्थानमा एमालेले बिधान सम्मेलन गरेको थियो। 

बैठकमा नेता वामदेव गौतमलाई एमालेमा फर्काउने विषयमा पनि छलफल भएको थियो। जसक्रममा गौतम र उनी नेतृत्वको एकता अभियानका नेताहरुलाई पार्टीमा ल्याउन छलफल अघि बढाउने निर्णय भएको छ। 

सुझावित समाचार