राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ।
आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपतिभवनमा मंगलबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ।