तनहुँको बेलभञ्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

मंगलबार, ८ माघ, २०८१
डिजिटल संस्करण

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा माेटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । ‘हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ,’ उनले भने ।     

सुझावित समाचार