युक्रेनले सन् २०२५ मा ‘रणभूमि’ र ‘वार्ताको टेबुल’ दुवैमा संघर्ष गर्छ : जेलेन्स्की

बुधबार, १७ पुष, २०८१
डिजिटल संस्करण

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको तीन वर्ष लामो आक्रमण अन्त्यका लागि कुनै पनि वार्ता र युद्धस्थलमा डटेर आफ्नो मुलुकको अधिकारका विषयलाई स्थापित गर्न संघर्ष गर्ने बताएका छन्।

जेलेन्स्कीको सम्बोधनबाट युद्धग्रस्त युक्रेनका लागि यो वर्ष निकै कठिन हुने देखाउँछ, जसले करिब तीन वर्षदेखि राम्रो स्रोत–साधन भएको रुसी सेनासँग लडिरहेको छ। एएफपीको एक विश्लेषणअनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा रुसले सात गुणा बढी युक्रेनी भूभागमा अतिक्रमण गरेको छ। सन् २०२५ को मध्यतिर रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले ह्वाइटहाउसको वागडोर सम्हाल्दा अमेरिकी सैन्य तथा राजनीतिक समर्थनमा कमी आउने सम्भावना छ।

‘आगामी वर्षमा हरेक दिन युक्रेन कमजोर छैन भनी प्रमाणित गर्न हामी सबैले युक्रेनको पक्षमा आ–आफ्नो स्थानबाट युद्धभूमि र वार्ताको टेबुल दुवैमा लड्नुपर्छ। किनकि केवल यसबाट मात्र युक्रेनले सम्मान पाउँछ र उसको आवाज सुनिन्छ,’ जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘सन् २०२५ हाम्रो वर्ष होस्, युक्रेनको वर्ष। हामी जान्दछौँ कि हामीलाई उपहारको रूपमा शान्ति दिइनेछैन। तर, हामी रुसलाई रोक्न र युद्ध अन्त्य गर्न सबै कुरा गर्नेछौँ। हामी सबै यही चाहन्छौँ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले जनवरीमा ट्रम्पले कार्यभार सम्हाल्नुअघि किभलाई समर्थन गर्ने होडमा युक्रेनका लागि करिब ६ अर्ब अमेरिकी डलरको सैन्य र बजेट सहायताको घोषणा गरेको छ।

रिपब्लिकन पार्टीका नेता ट्रम्पले आफू सत्तामा आएपछि ‘२४ घण्टाभित्र’ द्वन्द्व अन्त्य गर्ने बताउँदै आएका छन्। अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको उक्त भनाइले युक्रेनमा शान्तिका लागि क्रेमलिनले हाल नियन्त्रणमा लिएको सबै भूमि त्याग्न बाध्य हुने सम्भावना बढेको छ।

जेलेन्स्कीले भने, ‘नयाँ अमेरिकी राष्ट्रपति युक्रेनमा शान्ति हासिल गर्न र पुटिनको आक्रामकता अन्त्य गर्न इच्छुक र सक्षम हुनुहुन्छ भन्नेमा मलाई कुनै शंका छैन।’

सुझावित समाचार