चौथो टेस्ट खेल हेर्ने दर्शकको कीर्तिमान

मंगलबार, १६ पुष, २०८१
डिजिटल संस्करण

अस्ट्रेलिया र भारतबिचको चौथो टेस्टमा दर्शकको उपस्थितिमा नयाँ रेकर्ड बनेको छ । मेलबर्न क्रिकेट मैदानमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई १८४ रनले हराउँदा पाँचौँ दिनसम्म तीन लाख ७३ हजार ६ सय ९१ जनाले मैदान प्रवेश गरेपछि नयाँ कीर्तिमान बनेको हो । यो अस्ट्रेलियामा टेस्ट हेर्ने दर्शकको नयाँ रेकर्ड हो । अस्ट्रेलियामा सन् १९३७ मा भएको टेस्टमा तीन लाख ५० हजार पाँच सय ३४ जनाले टेस्ट हेरेका थिए । 

क्रिकेट अस्ट्रेलियाले भारतविरुद्धको चौथो टेस्टको पाँचौँ दिन पहिलो सत्रमा ५१ हजार तीन सय ७१ जना दर्शक रंगशालामा पुगेका थिए । अस्ट्रेलियाले टेस्ट जित्ने पक्का भएपछि लन्चसम्म ७४ हजार तीन सय ६२ संख्या पुगेको थियो । सन् १९३७ मा इंल्यान्डविरूद्धको टेस्टमा तीन लाख ५० हजार दर्शक उपस्थित भएका थिए । यो टेस्ट ६ दिनसम्म चलेको थियो । 

चौथो टेस्टको पहिलो दिन ८७,२४२ दोस्रो दिन ८५,१४७ तेस्रो दिन ८३,०७३ र चौथो दिन ४३,८६७ दर्शक भारत र अस्ट्रेलियाबिचको टेस्ट हेर्न पुगेका थिए । मेलबर्न क्रिकेट मैदानको व्यवस्थापन हेर्ने मेलबर्न क्रिकेट क्लबले पाँचौँ दिनको दर्शक संख्या एक्कासी बढ्दा आश्चर्य गराएको छ । सन् २०२२ को आइसिसी टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको खेलमा ९० हजार २९३ दर्शक उपस्थित भएका थिए । भारतले जिम्बावेसँग खेल्दा पनि ८२ हजार ५०७ दर्शकले खेल हेरेका थिए ।

१३ वर्षपछि अस्ट्रेलियासँग भारतको हार
बोर्डर–गावस्कर ट्रफीअन्तर्गत टेस्ट सिरिजमा भारत १३ वर्षपछि अस्टे«लियासँग पराजित भएको छ । मेलबर्न क्रिकेट मैदानमा चौथो टेस्टको पाँचौँ दिन भारत १५५ रनमै समेटिएपछि अस्ट्रेलियाले १८४ रनको बाजी मारेको हो । भारतले अन्तिम सेसनमा २०.३ ओभरमा सात विकेट गुमाएको थियो । अस्ट्रेलियाले बोर्डर–गावस्कर सिरिजमा भारतलाई अन्तिमपटक सन् २०११ मा हराएको थियो । सन् २०१८ र ०२० मा भारतले सिरिज जितेको थियो । सन् २०१४ मा दुई राष्ट्रबिचको खेल ड्र भयो ।अस्ट्रेलियाले पहिलो इनिङ्समा चार सय ७४ रन र दोस्रो इनिङ्समा २३४ रन बनाएको थियो । भारतले पहिलो इनिङ्समा ३ सय ६९ रन जोड्यो । 

खेल जित्न भारतले ३ सय ४० रनको लक्ष्य पाएको थियो । चौथो टेस्टमा प्याट कुमिन्स म्यान अफ दी म्याच भए । उनले समग्रमा दुवै इनिङ्समा गरी ८० रन र ६ विकेट लिएका थिए । अस्टे«लियाको पहिलो इनिङ्समा स्टिभ स्मिथले १९७ बलमा १४० रनको योगदान दिएका थिए । भारतका लागि नितिश कुमारले पहिलो टेस्ट शतकका रूपमा ११४ रन जोडेका थिए । वासिङटनले ५० रनको योगदान दिए । भारतका बुमराहले दुवै इनिङमा गरी नौ विकेट लिए । 

See More On

सुझावित समाचार