नवलपरासीको सुनवल नगरपालिका–७ अलकत्रे डाँडामा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।
पश्चिम नवलपरासीको बर्दघाटबाट बुटवल जाँदै गरेको लु.१ख ९४६७ नम्बरको माइक्रोबस र सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक एक–आपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए।
घाइतेमध्ये ६ जना गम्भीर रहेको र उपचारका लागि रुपन्देहीको देवदह मेडिकल कलेज, भलुहीमा लगिएको प्रहरीले जनाएको छ ।
साइकलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको माइक्रोबस ट्रकसँग ठक्कर खाएको हो।