नारायणी नदीमा एक पुरुषको शव फेला

शुक्रबार, ५ पुष, २०८१
डिजिटल संस्करण

नवलपुरको गैँडाकोट– ९ थुम्सीस्थित नारायणी नदीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार नारायणी नदीको बिचभंगालोमा परिचय नखुलेका निलो रङको ट्राउजर, टोपी र निलो रंगकै हुड लगाएका अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेका हुन्।

मृतकको शव नदीबाट बाहिर निकाली घटनास्थलबाट जाँच मुचुल्का गरी पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार