एनपिएल : जनकपुरलाई पोखराले दियो १३९ रनको लक्ष्य

बिहिबार, २० मंसिर, २०८१
डिजिटल संस्करण
एनपिएल : जनकपुरलाई पोखराले दियो १३९ रनको लक्ष्य

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

पोखरा एभेन्जर्सले एनपिएलको आफ्नो दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा पोखराले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३८ रन बनायो । 

पोखराका लागि मार्क्स क्रिचलीले ३० बलमा सर्वाधिक ३५ रन बनाए । आन्द्रेस गोसले २०, रेमन रेइफरले १७ बनाउँदा  लिस्क माइकलले २५ रन बनाएका हुन् । 

बलिङतर्फ जनकपुरका लागि स्पिनर ललित राजवंशीले चार ओभरमा तीन विकेट लिए । जिमी निसमले दुई विकेट लिएका हुन् । किसर महतो र मोहम्मद होमसिनको नाममा एक विकेट रह्यो । 

यसअघि पोखरा चितवनसँग पराजित भएको थियो । जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई हराएको थियो ।

See More On

सुझावित समाचार