शिखर धवनसहित कर्णाली याक्सको टोलीद्वारा पशुपति दर्शन

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

भारतीय चर्चित क्रिकेटर शिखर धवनसहित एनपिएल टिम कर्णाली याक्सका खेलाडीले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

टिममा रहेका विदेशी खेलाडीहरू शिखर धवनसहित सोमपाल कामी, गुल्सन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्कालगायतले मन्दिर दर्शन गरेका हुन् ।

कर्णाली याक्स पहिलो नेपाल प्रिमियर लिग एनपिएलमा ज्ञानेन्द्र मल्लकाे प्रशिक्षणमा मैदान उत्रन लागेको हो । टिमको मार्की खेलाडी सोमपाल कामी  छन् । टिमको विदेशी खेलाडीहरूमा शिखर धवन, चाडविक वाल्टन, बाबर हायात र जिसन मक्सुद छन्।

शनिबारदेखि सुरु भएको एनपिएलमा कर्णालीले भोलि आफ्नो पहिलो खेल खेल्दै छ । कर्णाली याक्स भोलि दिउँसो १ बजेदेखि जनकपुर बोल्टससँग भिड्दै छ । शनिबारको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई पराजित गरेको थियो ।

सुझावित समाचार