समन्वय समिति कैलालीको प्रमुखमा नागरिक उन्मुक्तिबाट डगौराको उम्मेदवारी

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रूपमती डगौरा थारूले उम्मेदवारी दर्ता गराएकी छिन्। डगौराको प्रस्तावकमा जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखादेवी कठरिया र समर्थकमा भजनी नगरपालिकाको उपप्रमुख राजु तिरुवा रहेका छन्।

उनीहरू दुवैजना नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुन्। समन्वय समिति प्रमुखमा उम्मेदवारी दर्ता गराएकी डगौरा टीकापुर नगरपालिका वडा नम्बर ४ बाट निर्वाचित कार्यपालिका सदस्य हुन्। नागरिक उन्मुक्ति पार्टी पनि केन्द्र र प्रदेशमा सत्तागठबन्धनमै छ।

समन्वय समितिको प्रमुखमा निर्वाचित हुनका लागि कांग्रेस–एमालेको बहुमत पुग्छ। कैलालीमा १३ वटा पालिकाका प्रमुख र उपप्रमुख गरी २५ मतदाता छन्। टीकापुर नगरपालिकाका उपप्रमुख भने भ्रष्टाचारमा मुद्दा दर्ता भएका कारण निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाउनेछैनन्।

यहाँ कांग्रेसका ८, नागरिक उन्मुक्तिको सात, एमालेको पाँच, माओवादीको तीन, एकीकृत समाजवादीको एक मत छ। स्वतन्त्रबाट निर्वाचित एक मत छ।

सुझावित समाचार