काकाकुल रारागाउँ, खानेपानीका लागि लाइन

शनिबार, २४ कार्तिक, २०८१
डिजिटल संस्करण

खानेपानी भर्न लाम लागेका जुम्लाको तिला गाउँपालिका– १ रारागाउँका बासिन्दा । २६० परिवारका आठ सय नागरिक चारवटा धाराले गुजारा चलाइरहेका छन् । एक परिवारलाई दैनिक ५०–७० लिटर मात्रै पानी भर्न पाउँछन् ।

यो पानी खाना पकाउने, भाँडा माझ्न, लुगा धुन पनि प्रयोग हुन्छ । ०३५ मा निर्माण भएका यी धारा पनि जीर्ण भइसकेका छन् । यहाँका बासिन्दाले खानेपानीको आयोजना कुर्दै आएका छन् । 
 

सुझावित समाचार