छोरीलाई जबर्जस्ती करणी गरेको कसुरमा बाबुलाई जन्मकैद

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको कसुरमा जिल्ला अदालत बर्दियाले बाबुलाई जन्मकैद सजायको फैसला गरेको छ। बर्दिया जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको एकल इजालसले कसुर ठहर गर्दै बाबुलाई जन्मकैद सजाय फैसला गरेको हो ।

बर्दिया अदालतले जन्मकैद सजायसहित ५० हजार रुपैयाँ क्षतिपूर्ति, सात लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २८ हजार रुपैयाँ भराउने फैसला गरेको बर्दिया अदालतका सूचना अधिकारी अमृता केसीले जानकारी गराइन्।

१२ वर्षीया बालिकालाई पटकपटक जबर्जस्ती करणी गरेकोसमेत खुलासा भएको छ। मुद्दाको मिसिलमा उल्लेख भएअनुसार बालिकाको आमा वैदेशिक रोजगारमा रहेको समयमा बालिकामाथि बाबुबाट जबर्जस्ती करणी भएको थियो।

बालिकाले आफन्तलाई घटनाबारे बताएपछि गत वैशाख १४ गते इलाका प्रहरी कार्यालय बानियाभारमा उजुरी दिएका थिए । उजुरी पर्नासाथ पीडक बाबुलाई प्रहरीले सोही दिन पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको थियो । 

सुझावित समाचार