फ्रिडम फाइटर र ठमेल फाइनलमा

शनिबार, १० कार्तिक, २०८१
डिजिटल संस्करण

फ्रिडम फाइटर र ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिल भेट्रान्स फुटबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधिका लागि भिड्ने भएका छन् । फुटबलर्स मिसन टुगेदरको आयोजनामा चलिरहेको प्रतियोगिताको सेमिफाइनल शुक्रबार मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको  थियो । पहिलो सेमिफाइनलमा फ्रिडम फाइटरले हाम्रो धरान भेट्रान टिमलाई २–० ले पराजित गर्यो । 

फ्रिडमका लागि विकर्ण श्रेष्ठ र तेजबहादुर गलामीले गोल गरेका थिए । दोस्रो सेमिफाइनलमा ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० ले निराश बनायो । ठमेलका लागि भेषराज लिम्बू र अंकुर खड्गीले गोल गरेका हुन् । प्रतियोगिताको फाइनल आइतबार हुनेछ । 

See More On

सुझावित समाचार