लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतकाे अनुमति

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण
लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतकाे अनुमति

फाइल तस्बिर

सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि लामिछानेलाई ४ कात्तिकमा अदालतबाट ६ दिन म्याद थप भएकाे थियो।

संसदीय छानबिन विशेष समितिको सिफारिसका आधारमा गृह मन्त्रालयको निर्देशनपछि लामिछाने  २ कात्तिकमा काठमाडौं वनस्थलीस्थित पार्टी  केन्द्रीय कार्यालयबाटै पक्राउ परेका हुन्।

सुझावित समाचार