दैलेखमा हायस गाडी दुर्घटना हुँदा एकको मृत्यु

मंगलबार, २२ असोज, २०८१
डिजिटल संस्करण

दैलेखमा हायस गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 
मृत्यु हुनेमा चामुण्डाबिन्द्रसैनी नगरपालिका– १ का २२ वर्षीय प्रकाश बुढा छन्।

दैलेख प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डाबिन्द्रासैनीको चाल्ने चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख० ९०६ नम्बरको हायस (एसएमएल) गाडी सोमबार राति ९ बजेतिर दुर्घटना भएको हो।

२३ जना यात्रु रहेको उक्त गाडीका बाँकी यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार