भिरबाट खसेर मृत्यु

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

मकवानपुरको कैलाशमा भिरबाट खसेर एक पुरुषको ज्यान गएको छ। मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नम्बर २का ६३ वर्षीय दिलबहादुर स्याङ्तान छन्।

मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार आइतबार अपराह्न घरदेखि एक किलोमिटर पर रहेको आफ्नै खेतमा गएर घर फर्कने क्रममा स्याङ्तान बाटोबाट भिरमा लडेका थिए। 

स्याङ्तानको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ। डाँडाखर्कमा रहेको प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घटनाबारे जानकारी लिएर अनुसन्धान थालेको मकवानपुर प्रहरीले जनाएको छ।

सुझावित समाचार