कर्णाली प्रदेश सभा अधिवेशन आज अन्त्य हुँदै

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ।

कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख यज्ञराज जोशीले अधिवेशन अन्त्य गरेकाे जानकारी दिइन् । सभामुख गुरुङले चालू अधिवेशनमा आजसम्म ३३ बैठक बसी ४६ घण्टा १५ मिनेट व्यतीत गरेको बताइन् । 

अधिवेशन अन्त्यका लागि बसेको सभाको बैठकमा मुख्यमन्त्री यामलाल कँडेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सबै निकाय प्रतिबद्धतापूर्वक लाग्नुपर्नेमा जोड दिए । 
 

सुझावित समाचार