धुलिखेल-भकुन्डेबेँसी सडक खुल्यो

सोमबार, १४ असोज, २०८१
डिजिटल संस्करण

बाढीपहिरोका कारण शनिबारदेखि अवरुद्ध रहेको बिपी राजमार्गअन्तर्गत धुलिखेल–भकुन्डेबेँसी सडकखण्ड खुलेको छ। 

पहिरो पन्छाएर सोमबार साँझबाट सडक खोलिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ। बिपी राजमार्गको काभ्रेमा बाढीपहिरोले चार किलोमिटर सडकमा क्षति पुर्याएको छ। 

धुलिखेलदेखि नेपालथोकसम्मको सडक पुनर्निर्माण भने तत्काल हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार