लगातारको वर्षाले योपटक काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा ठुलो मानवीय र भौतिक क्षति भएको छ। ४८ घन्टा बितिसक्दा राजधानीमै डुबानमा परेको क्षेत्रका नागरिकको भौतिक सम्पत्ति निकाल्न भने पहल भएको छैन।
नदी करिडाेर र भित्री बस्तीहरूमा जाने बाटोमा गेग्य्रान थुप्रिएर हिँड्न सक्ने स्थिति छैन। सिरक, डस्ना, चामललगायतका अत्यावश्यक सामान बाढीले बगाएको र हिलोले पुरिएको छ।
बचेका सामान हिलोबाट निकालेर फोहोर पानीले नै पखालेर जोगाड गरिरहेका छन् प्रभावितहरू। बाढीपछि बस्तीहरूको अवस्था निकै कारुणिक देखिन्छ।
पिउने पानीसमेत नरहेको अवस्थामा हातगोडा धुन र सरसफाइ झनै परको कुरा। स्थानीय, प्रदेश वा केन्द्र सरकारबाट काेही पनि आफूहरूको अवस्था बुझ्न नआएका उनीहरूको गुनासो छ।
तस्बिरमा हेर्नुस् बाढीपछिकाे अवस्था :
2024-09-30-06-45-18.jpeg)
2024-09-30-06-45-13.jpeg)
2024-09-30-06-45-07.jpeg)
2024-09-30-06-45-01.jpeg)
2024-09-30-06-44-55.jpeg)
2024-09-30-06-44-49.jpeg)
2024-09-30-06-44-40.jpeg)
2024-09-30-06-44-33.jpeg)
2024-09-30-06-44-26.jpeg)
2024-09-30-06-44-18.jpeg)
2024-09-30-06-44-11.jpeg)
