एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक

आइतबार, १३ असोज, २०८१
डिजिटल संस्करण

एमालेले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शंकर पोखरेलले बोलाएको बैठकमा पार्टीको विपत् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्दै छ। बैठकमा जलजन्य विपतका कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरोपीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ ।     

 

See More On

सुझावित समाचार