झापामा बाढीले २४० घरपरिवार विस्थापित

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण झापामा बाढी र डुवानमा परी दुई सय ४० घर विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्थापितलाई छिमेकी तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । विरिङ खोलाको बाढी बसी झापा गाउँपालिका–६ भन्द्रवस्तीका ५० घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले जानकारी दिए । बस्ती डुवान भएपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। भद्रपुर–३ स्थित नयाँबस्तीमा ३० घर डुवानमा परेका छन्। उनीहरूलाई भद्रपुर–२ महेशपुरस्थित स्वास्थ्य चौकीमा स्थानान्तरण गरिएको छ । यस्तै, बाह्रदशी गाउँपालिका–२ स्थित सुकुम्बासी बस्तीमा २४ घरमा पानी पसेको छ । उनीहरूलाई आफ्नको घरमा सारिएको प्रवक्ता चनदले जानकारी दिए । 

यस्तै, भद्रपुर–५गैरीगाँउमा मेची खोला पस्दा २० घर विस्थापित भएका छन्। शिवसताक्षी नगरपालिका–१० बिहानी टोलमा कन्काई खोलाले कटान सुरु गर्दा १५ घरमध्ये ६ घर अति जोखिम रहेकोले मुक्तिघाटको भवनमा स्थानातरण गरिएको प्रहरीले जनाएको छ । बिर्तामोड–५ र बिर्तामोड–४ मा ७ घर परिवार विस्थापित भएका छन्।

 यस्तै, शिवसताक्षी–७ मा एक घरपरिवार विस्तापित भएका छन्। बिर्तामोड–८ बाह्रबिघेमा ३ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। कनकाई नगरपालिका(३ झर्नाबस्तीमा शन्का खोला र सुरुंगा खोलाको पानी पस्दा ११ विस्थापित भएका छन्। बिर्तामोड– ३ सृर्जनाटोलमा अदुवाखोलाको पानीको पस्दा नौ घर विस्थापित भएका छन् । हल्दिबारी गाउँपालिका–२ खर्साङ चोकमा १३ घरपरिवार विस्थापित भएका छन्। 

भद्रपुर–६ डाँगडोरा खोलाको पानी पस्दा दुई घर विस्थापित भएका छन्। झापा गाउँपालिका–६ मा विरिङ खोलाको बाढी पस्दा तीन घर विस्थापित भएका छन् । गौरिगञ्ज गाउँपालिका–१ बांगे टोलमा कमल खोला पस्दा १२ घरपरिवार विस्थापित भएका छन्। भद्रपुर–४ मेचीगाउँमा डुवानले ६ घर विस्थापित भएका छन् । कचनकवल गाउँपालिका-७ भट्टा टोलमा डुवान हुँदा १५ घरपरिवार विस्थापित भएका छन्। विस्थापितलाई आफ्न्त, छिमेकी र सार्वजनिक भवनहरूमा राखिएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार